देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

सुनसरी, २७ मङ्सिर : सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उहाँ कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत हुनुहुन्थ्यो ।

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताउनुभयो । उहाँको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार