दमकमा प्याव्सनले नगर र जिल्लास्तरीय साँस्कृतिक कार्यक्रम गर्दै

दमक, २७ मंसिर : झापाको दमकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले नगर तथा जिल्लास्तरीय सांस्कृतिक प्रतियोगिता हुने भएको छ ।

प्याव्सन झापा र दमकले मंगलबार दमकमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि बार्षिक कार्यक्रम अन्तर्गत यहि मंसिर २९ र ३० गते दमक नगरस्तरिय र २ र ३ पुषमा जिल्लास्तरिय कार्यक्रम हुने जानकारी दिएको छ ।

दुवै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । दुई दिने सांस्कृतिक कार्यक्रम दमकको पशुहाटस्थित मैदानमा हुने प्याव्सन झापाका अधयक्ष गौरीमान फागोले बताए ।

पत्रकार सम्मेलनमा प्याव्सन दमकका अध्यक्ष जनार्दन मैनालीले विगतका वर्षझै यसवर्ष पनि दमकमा नगरस्तरिय सांस्कृतिक प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिममा रहेको जानकारी दिए ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रम अन्तर्गत २९ गते १२ वर्ष मुनीका गायन, कक्षा १० सम्मको गायन, कक्षा १० देखि १२ कक्षासम्मको गायन प्रतियोगितासहित राष्ट्रिय नृत्य, पत्रकार सम्मान तथा पुरस्कार गरिने कार्यक्रम रहेको प्याव्सन नगर सचिव नविन योगीले बताए ।

उनका अनुसार दमक नगर उपप्रमुख रेगिना भटटराईको प्रमुख आतिथ्यतामा हुने ३० मंसिरको कार्यक्रममा भने प्रतियोगिता अन्तर्गतकै आधुनिक नृत्य, सांस्कृतिक नृत्य, संस्थापक डिल्ली चापागाईलाई सम्मान तथा पुरस्कार वितरण गरि समापन हुने छ । प्रतियोगितामा प्रथम हुने स्कूलले जिल्ला स्तरिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सचिव योगीले बताए ।

पत्रकार सम्मेलनमा प्याव्सन झापाका अध्यक्ष फागो, सचिव हरिकृष्ण पाठक, कोषाध्यक्ष छत्र कार्की लगायतले पुस २ र ३ गते हुने जिल्लास्तरिय प्रतियोगिताको तयारीका विषयमा आ-आफनो विचार राखेका थिए । जिल्लास्तरिय प्रतियोगितामा पालिकाबाट छनौट भई आएका गायन, नृत्यका प्रतिष्पर्धीहरुवीच उपाधिका लागि प्रस्तुत गर्ने तथा विभिन्न क्षेत्रमा योगदान पुरयाँएवापत पत्रकारसहित ५ जना प्रतिभालाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ ।

अतिरिक्त कृयाकलाप अन्तर्गत प्याव्सनले झापाका १५ मध्ये १४ वटै पालिकामा सांगठानिक रुपमा रहेको प्याव्सनले पालिकास्तरिय सांस्कृतिक कार्यक्रम गरिआएका छन् । गतवर्ष भद्रपुरको मेची रंगशालामा भएको सो कार्यक्रममा ७ हजार बढी विद्यार्थी तथा उनका अभिभावकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार