धनकुटामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनकुटा, २६ मंसिर । पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनु भएको छ।

छथरजोरपाटी गाउँपालिका स्थित सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना हुँदा ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका–१ का २८ वर्षीय दुर्गाबहादुर विकको उपचारकालागि अस्पताल लगिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक विक र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालमा चालक विकलाई डाक्टरले मृत घोषित गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए।

गम्भीर घाइते सहचालक कटुवालको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार