झापा । झापाका चार वटा पालिकाले आज (सोमबार) स्थानीय बिदा दिएका छन् ।
हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज बिदा दिएका हुन् ।
ती पालिकाहरूले सूचना जारी गरी आज नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाइएको छ ।
बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, दमकको पशुपतिनाथ मन्दिर, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छर्ने भक्तालुहरूको घुइँचो लाग्ने गरेको छ ।


















