बलात्कार आराेपमा एकजना पक्राउ

झापा, २२ मंसिर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार