कमल, २२ मंसिर । झापाको कमल गाउँपालिकामा आज शुक्रबार ५ दिने आइ.सि.टि. स्रोत शिक्षकहरुको लागि शिक्षण सिकाईमा कम्प्युटर प्रविधिको प्रयोग सम्बन्धी तालिम सम्पन्न भएको छ ।
उक्त तालिमको पहिलो दिन तालिमको सहजीकरण प्रशिक्षक दिनेश श्रेष्ठ, दोस्रो दिनको प्रशिक्षक घनश्याम अधिकारी, तेस्रो दिनको प्रशिक्षक बालकुमार रेग्मी, चौथो र पाचौँ अर्थात अन्तिम दिनको प्रशिक्षकका रुपमा बद्री कार्की रहनुभएको थियो ।
उक्त तालिममा शिक्षकहरुका लागि कम्प्युटर प्रविधिको प्रयोग गरी कसरी विद्यार्थीहरुलाई प्रविधिमैत्री रुपमा शिक्षण गर्ने सकिन्छ ?, त्यस्तैगरी गुगल लेन्स, माइक्रोसट वोर्ड, जिकिबोर्ड र पावरपोइन्टको प्रयोग गरी विद्यार्थीहरुलाई सहज र सरल रुपमा कसरी शिक्षण गर्न सकिन्छ भन्ने बारेमा तालिम प्रदान गरिएको तालिकमा प्रशिक्षार्थी शिक्षिका सिर्जना राजवंशीले बताउनुु भयो ।
उक्त सम्पन्न तालिममा प्रमुख अतिथिका रुपमा कमल गाँउपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत सूर्य प्रसाद न्यौपाने रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन कमल गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक रविन गौतमले गर्नु भएको थियो ।
मंसिर १८ गते सोमबारदेखि सुरु भई मंसिर २२ गते शुक्रबार समापन भएको उक्त तालिममा कमल गाउँपालिका भरीका २१ सामुदायिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।















