एकीकृत समाजवादीको जेठमा महाधिवेशन हुने

काठमाडौं, १९ मंसिर । एकीकृत समाजवादीले आफ्नो पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय छ । केन्द्रीय सचिवालयको बैठकले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौं गर्ने निर्णय गरेको हो । यसअघि माघ १४–१८ मा गर्ने भनिएकोमा अब जेठमा गर्नेगरी मिति सारिएको हो । 

महाधिवेशनमा पेस गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति पनि बनाइएको छ ।

बैठकले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ २९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार