विराटनगर । डाइनामिक पब्लिक लाइब्रेरी विराटनगर शाखाको अध्यक्षमा अनुज दाहाल निर्वाचित भएका छन् ।
नव निर्वाचित बोर्डमा वरिष्ठ उपाध्यक्षमा प्रशान्त घिमिरे, महा-सचिबमा ममता रिमाल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा विनय कोइराला र राशिका गेलाल, निर्देशकमा प्रफुल्ल कट्टेल , रिवाज खतिवडा, चुडामणि अधिकारी र प्रतीक्षा न्यौपाने निर्वाचित भएको निर्वाचन आयुक्त सुरज सिंह ठकुरीले जानकारी दिए ।
युवाहरुमा पठन संस्कृतीको बिकाससगै नेतृत्व निर्माण गर्दै वडा वडामा पुस्तकालय स्थापनाका लागि कार्य गर्ने नव निर्वाचित अध्यक्ष अनुज दाहालले जानकारी दिए ।
कार्यक्रमका अतिथी एम्बुलेन्स चालक संघका नव निर्वाचित अध्यक्ष दिनेश सुबेदीले डाइनामिक पब्लिक लाइब्रेरी बिराटनगरका सदस्यलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरे ।
मनोनीत हुने पदाधिकारीहरुमा कोषाध्यक्ष , सह कोषाध्यक्ष सह सचिव र संयोजकहरु अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
विराटनगरको व्हाइट हाउस थकाली किचेनमा आयोजित साधारणसभामा पदाधिकारी, सदस्य, राष्ट्रिय पदाधिकारीहरु र लाइब्रेरी प्रती शुभेच्छा राख्ने विभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

















