विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम दमकमा सम्पन्न

दमक, १८ मंसिर : झापाको दमकमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिमको आज (सोमबार) सम्पन्न भएको छ । दमकस्थित ज्योति चर्च मण्डलीमा हिजो (आइतबार) देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । काठमाण्डौंस्थित रेसक्यू नेटवर्क नेपालका प्राविधिक टोलीले तालिममा सहजिकरण गरेका थिए ।

तालिममा मानव शरिर, शारिरिक संरचना, त्यसका परिचय, अवस्था, अस्थिपञ्जर, रगतको भूमिका, मुत्र प्रणाली, मलद्धार लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो । त्यस्तैं, उपचारका विधि, घाइते वा विरामीको हेरचार, ड्रेसिङ गर्ने तरिकासहित उद्धार र अस्पतालसम्म पुर्याउन सकिने विधीका बारेमा जानकारी गराइएको थियो ।

तालिममा झापा, मोरङ र इलामबाट २५ जना युवाहरुले सहभागिता जनाएका थिए । सो तालिममा रेसक्यू नेटवर्क नेपालका प्रोगाम डाइरेक्टर जयकुमार थापासहित एलिना महर्जन, मनिता श्रेष्ठ, सनौज चौधरी र मनिष श्रेष्ठले प्रशिक्षण गराएका थिए ।

तालिममा सडक टुर्घटना सम्बन्धी सडकमै पुगेर घटनास्थालबाट घाइतेको उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म एम्बुलेन्स र प्रहरीसंगको सहकार्यका बारेमा सहभागिहरुलाई देखाइएको थियो ।

तालिम समापनको अवसरमा ज्योति चर्च मण्डलीका अध्यक्ष पाष्टर मुक्ति किराती थुलुङ, पाष्टर डिवी चाम्लिङ राई, पाष्टर टीकाराम आचार्य, पाष्टर अजय पाठक लगायतले तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यवहारमा समेत देखाउन सहभागिहरुलाई आग्रह गरेका थिए । त्यस्तैं, सहभागिहरुको तर्फबाट सुफल हस्दा र निर्मला राईले तालिमबाट पाएका आफ्ना अनुभवका बारेमा धारणा राखेका थिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार