दमकमा पातञ्जल योग समितिद्धारा प्रभात फेरी

दमक, १६ मंसिर – झापाको दमकमा पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आज (शनिबार) भब्य समारोहबीच उद्घाटन हुने भएको छ । मंसिर १६ र १७ गते दुई दिने राष्ट्रिय महाधिवेशनको समुद्घाटनको अवसर पारेर शनिबार बिहान दमकमा प्रभात फेरी निकालिएको छ ।

महाधिवेशनस्थल दमकस्थित पशुपति मन्दिरबाट निस्किएको र्याली शंकरध्वोज चोकहुदै नमुन मार्गबाट नगरपालिका कार्यालय, फाल्गुनन्द चौक परिक्रमा गरेर पुर्नः पशुपति मन्दिरमा आइपुगेको थियो । र्यालीमा पातञ्जल योग समितिका राष्ट्रिय अध्यक्ष बाल मुकुन्द सुवाल, उपाध्यक्षहरु होमप्रसाद गौतम, सुर्वण चित्रकार, महासचिव नवराज काफ्ले, कोशी प्रदेश अध्यक्ष केशव ताम्राकार लगायत झापा लगायत देशभरीका झण्डै दुई सय बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता थियो ।

त्यस्तैं, र्यालीमा विभिन्न नाराहरु लोखिएको व्यानर र पर्चासहित सहभागिहरुले बोकेका थिए । दमकस्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरु, जातिय संघसंस्थाका भेषभुषासहित प्रतिनिधिहरु, स्काउट, नगर प्रहरी, दमक प्रहरी, धार्मीक व्याक्तित्वहरु समेतको सहभागिता रहेको महाधिवेशन समारोह समितिका सदस्य तथा योग प्रशिक्षक ताराप्रसाद गौतमले जानकारी दिए ।

आज (शनिबार) तेस्रो राष्ट्रिय महाधिवेशनको समुदघाटन जगतगुरु अनन्त बिभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजका बाहुलीबाट हुने कार्यक्रम छ ।

आजै, अपरान्हदेखि महाधिवेशनको बन्दसत्र हुने र भोली (आइतबार) पातञ्जल योग समितिको राष्ट्रिय समितिको नयाँ नेतृत्व चयन हुने छ । नयाँ बन्ने ५१ सदस्यीय समितिका लागि बन्दसत्रमा निर्विरोध चयन गरिने महासचिव काफ्लेले जानकारी दिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार