नेपाल प्रेस युनियन दमकले गर्यो पत्रकार दियालीको उपचारमा ११ हजार सहयोग

दमक, १३ मंसिर : नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमक झापाले दुबै मृगौलामा समस्या आएपछि हाल उपचारत सुनसरी-इटहरीका अग्रज पत्रकार पीवि दियालीको उपचारका लागि रु ११ हजार सहयोग उपलब्ध गराएको छ ।

प्रेस युनियन माइपश्चीम क्षेत्रीय समितिले यसबर्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोबाट संकलित रकम मध्येबाट पत्रकार दियालीको उपचारमा रु ११ हजार सहयोग उपलब्ध गराएको हो ।

इटहरी निवासी पत्रकार दियाली समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ । वहाँ, नेकपा (एकीकृत समाजवादी) सुनसरी जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । त्यसैगरी, दियाली नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति सदस्य हुनुहुन्छ ।

दुवै मिर्गौला खराब भई उपचाररत पत्रकार दियालीको लागि समाजवादी प्रेस संगठन झापाका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य अनिलदेव राई मार्फत सो रकम प्रदान गरिएको प्रेस युनियन माइपश्चीम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिए ।

क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितीमा दमकमा आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार दियालीको शिघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रदेश सदस्य विष्णु सुब्बा, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई लगायतले प्रेस युनियनको सो कार्यको प्रशंसा गर्दै पत्रकार दियालीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार