भोजपुर, १३ मङ्सिर : भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।
नयाँ भवन निर्माण भएपस्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गर्नुभयो । “प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,” उहाँले भन्नुभयो, “नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।”
चारतले प्रशासनिक भवन भ्याटसहित रु सात करोड ५० लाख ४४ हजार एक सय ३७ लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । दुई वर्षभित्र भवन निर्माण हुने विश्वास लिइएको छ ।















