धुलिखेलमा एकाबिहानै आगालागी

धुलिखेल, १२ मंशिर । धुलिखेलमा एकाबिहानै आगलागी भएको छ । 

धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजे आगलागी भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त आगलागीमा परी आगलागीबाट ढुंगाको ३ तल्ले घर र एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। 

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।

आगलागी कसरी सुरु भयो ? भन्ने बारेमा छानबिन भईरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार