भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

सुर्खेत, ११ मंसिर । दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।

‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्,’ ‘योगीका छोराले बताए,  ‘अत्याधिक रगत बगेर श्रीमानकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ।  प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ। दुवै जनाले मदिरा सेवन गरेकाले के कारण विवाद भयो भन्ने थाहा नभएको नौमुले गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले बताए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार