भूकम्पपीडितलाई मनोपरामर्श दिँदै जमुना शर्मा

काठमाडौं, ७ मंसिर । अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना शर्मा नेतृत्वको टोली यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।

उनीहरूले भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितहरूलाई मनोपरामर्श प्रदान गरिरहेका छन्। 

‘भूकम्पपीडितको व्यक्तिहरूको मनो सामाजिक सहयोग तथा प्राथमिक मनोवैज्ञानिक उपचार सेवा प्रदान गर्न हामीहरू यहाँ आएका हौं। भूकम्पका कारण घाइते भई उपचाररत बिरामी र उनीहरूका परिवारका सदस्यहरू गरी २५ जना भूकम्पपीडितहरूलाई मनोसामाजिक परामर्श प्रदान गरिसकेका छौं,’ उनले भनिन्। आगामी दिनमा अन्य व्यक्तिहरूलाई पनि मनोपरामर्श प्रदान गर्दै आत्मविश्वास बढाउने आफूहरूको अभियान जारी नै रहने उनको भनाइ छ।

मनोपरामर्श प्रदान गर्दैगर्दा घाइते बिरामीहरूलाई प्रत्येक्ष रूपमा भेटेर कुराकानी गर्नुका साथै परिवारका सदस्यहरूको हालको मनोसामाजिक अवस्था र घटनाले पारेको प्रभाव तथा असर कम गर्न जानकारी प्रदान गरिएको उनले बताइन्। पीडितहरूको आत्मबल बढाउन आफूहरू सधैँ क्रियाशील रहने उनले बताइन्। केही समय सोही स्थानमा रहेर मनोपरामर्श प्रदान गरिने शर्माको भनाइ छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार