चलचित्र पत्रकार संघ नेपाल इलामको अध्यक्षमा योङहाङ चयन

इलाम, २४ कात्तिक : चलचित्र पत्रकार संघ नेपाल इलामको तर्दथ समिति गठन भएको छ । अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

आज (शुक्रबार) ईलाममा आयोजित भेलाबाट चलचित्र संघ ईलामको तदर्थ समितिको अध्यक्षमा अतित योङहाङ चयन भएका छन् । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरूमा खेमराज ढकाल, एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शंकर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् ।

पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

कार्यक्रममा प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुगम संकल्प, नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाई, प्रेस युनियनकी सुनिता मगर, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस चौतारीका योगेन्द्र शंकर, प्रेस संगठन नेपालका सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासघ इलामका उपाध्यक्ष याम माबोहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघीय अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेरराज गिरी, महासचिव रघुनाथ सापकोटा, सदस्य कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार