बिर्तामोड, २४ कात्तिक : चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ । रमेश तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
आज (शुक्रबार) झापाको बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा रमेश तिवारी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै तदर्थ समितिको सदस्यहरुमा सन्तोष न्यौपाने, उद्दव पुरी , निराजन निरौला, रविकिरण वान्तावा, सुनिता तामाङ, अस्मिता साँखी, दिपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् ।
संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका केन्द्रिय सदस्य मिजास पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, केन्द्रिय सदस्य कुमार आचार्यलगायतको उपस्थिति रहेको थियो ।















