डोल्पा । समाजवादी प्रेस संगठन, नेपाल डोल्पा अध्यक्षमा आनन्दसिंह रावललाई चयन हुनु भएको छ । संगठनको जिल्ला उपाध्यक्षमा पदम शाही, सचिवमा गोपिचन्द्र बोहरा (सन्देश), कोषाध्यक्षमा मनिशा केसीलाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा डिल्ली विक, रूपचन्द्र बोहोरा र किस्मत बोहोरा चयन हुनु भएको छ । संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा भएको भेलाले रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
भेलालाइ केन्द्रीय अध्यक्ष सुवेदी सहित उपाध्यक्ष अस्मिता गिरी, अनन्त बराल, महासविच रामकुमार एलन, उपमहासचिव प्रतिज्ञा मगर लगायत संगठनका नेताहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले समाजवादी पत्रकारहरूले डोल्पामा जिम्मेवार पत्रकारी र समाजवादको आधार निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।