राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित

काठमाडौं, २० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् । 

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा त्यसतर्फ जाने कार्यक्रम थियो । साथै फ्रान्सबाट जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।  
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार