आइसीसी टि-२०, नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा प्रतिस्पर्धा हुदैँछ । 

जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । 

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन ।

केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो  ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार