आइसीसी टि–२०, नेपालले लियो ओमानको दुई बिकेट

काठमाडौं, १६ कार्तिक । नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ । 

त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो ।

आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो । 

जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करन केसीले लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियाे भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएकाे छ। खेल जारी छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार