रक्सी घोटला काण्डः इडीले दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने 

नयाँदिल्ली, १६ कार्तिक । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ ।

प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हाे । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ दिनुपर्छ।

बीजेपीले दुवै विपक्षी नेताहरूलाई उनीहरूको प्रश्नको बारेमा खिल्ली उडाएको छ। यति मात्र होइन उनलाई ‘दुई नम्बरी’ पनि भनिएको छ । गोड्डा, झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले अरविन्द केजरीवाल र महुआ मोइत्रालाई सोशल मिडिया प्लेटफर्ममा ‘दुई नम्बरी’ नेताको रुपमा टिप्पणी गरेका हुन ।

उनले ट्वीट गर्दै भने, ‘दुवै नोभेम्बरमा उपस्थित हुनुपर्दछ।’ दिल्ली रक्सी घोटालालाई लिएर बीजेपीले लामो समयदेखि केजरीवाललाई निशाना बनाउँदै आएको छ, महुआ पनि यसको निशानामा परेका छन ।

ईडीले दिल्ली रक्सी घोटालामा केजरीवालसँग सोधपुछ गर्न लागे पछि यसले धेरै शंका आशंका जन्माएको छ । यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र आम आदमी पार्टी (आप) का राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै पक्राउ परेका छन्। 

यो सँगै भाजपा नेता निशिकान्त दुबेले महुआले पैसा लिएको र संसदमा प्रश्न सोधेको आरोप लगाएका छन् । यस मामिलामा महुआ मोइत्रा लोकसभाको आचार समितिमा जानुपरेको छ, जसले उनलाई यस विषयमा प्रश्न गर्न गइरहेको छ।

आपले केजरीवालले ईडीको कार्यालयमा आफ्ना प्रश्नहरूको जवाफ दिन जान सक्ने बताएको छ। तर उनी पनि पक्राउ पर्न सक्छन् । यस मामिलामा सञ्जय सिंह र मनिष सिसोदियालाई यसअघि नै पक्राउ गरि सकिएको छ । यही कारणले गर्दा पार्टीलाई अहिले आफ्नो सबैभन्दा ठूलो अनुहार पक्राउको डर छ । 

यतिबेला महुआसँग भने यस्तो भएको देखिँदैन तर यो सोधपुछ पछि उनको स्वच्छ छविमा कतै दाग अवश्य देखिने भारतीय मिडियाले जनाएको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार