मधेशी एकता समाज युएईले हरेक वर्षझैं यस वर्ष पनि होली मिलन समारोह आयोजना गर्न लागेको छ। कार्यक्रम यही फेब्रुअरी २३, आइतबार, बिहान ११ बजे देखि बेलुका ६ बजेसम्म, दुबईको Bur Dubai, UAE स्थित CLUB SK 7 मा हुनेछ।
संस्थाका सह-अध्यक्ष तथा प्रवक्ताका रूपमा इन्जिनियर शैलेन्द्र रायले तयारी निकै राम्रो भइरहेको बताउँदै ६०० भन्दा बढी सहभागीको अपेक्षा गरिएको जानकारी दिनुभयो।
महासचिव इन्जिनियर सुरेश यादवका अनुसार अन्य नेपाली समुदायका मुख्य व्यक्तित्वहरूलाई समेत निमन्त्रणा गरिएको छ, जसमा नेपालका राजदूतसमेत सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमले राम्रो जमघट हुने विश्वास लिइएको छ।
समाजका अध्यक्ष रोशन मार्क्सिष्टले यसपटकको होली कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाउन नेपालका प्रसिद्ध गायक रविराज साह र नृत्याङ्गना शोभा पासवानको विशेष प्रस्तुति रहने जानकारी दिँदै, युएईमा बसोबास गर्ने सम्पूर्ण मधेशी प्रवासीलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ।