कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री समयगढ कृषि सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कमल–२, स्थित समयगढमा रहेको संस्थाका अध्यक्ष हेम बहादुर दाहालको अध्यक्षयतामा उक्त साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । वि.सं. २०५८ सालमा स्थापना भएको यस सहकारीको शेयर सदस्य ८१९ जना र जम्मा वासलत करिब ६ करोड रहेको छ । वार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष हेम बहादुर दाहालले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको लेखा प्रतिबेदन लेखा समितिका कार्यबाहक संयोजक दिलिप थापाले गर्नु भएको थियो ।
कमल–२ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
२१ औं साधारणसभाको अबसर पारेर संस्थामा उत्कृष्ट कारोबार गरेबापत शेयर सदस्य रेवत कुमार श्रेष्ठ उत्कृष्ट बचतकर्ता, तुलामाया राई, यसैगरी संस्थाले जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरेको छ । संस्थाले बिगतका बर्षहरुमा झै यसपटक पनि ७५ बर्षमाथिका आफ्ना सेयरसदस्यलाई पनि सम्मान गरेको छ । त्यस्तै ८० वर्षभन्दा माथिका ज्येष्ठ शेयर सदस्यलाई रु १००० सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी सामुदायिक र संस्थागत बिद्यालयमा २०८० सालको एसईइ मा उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान समेत गरेको छ ।सम्मानित हुनेहरुमा सामुदायिक विद्यालयतर्फ छात्र अराज बिश्वकर्मा र छात्रा तर्फ नैशी श्रेष्ठ, त्यस्तैँ संस्थागत विद्यालयतर्फ बिबेक राजवंशी पुरस्कृत भएका छ्न् ।
कार्यक्रमका विशिष्ट अतिथि तथा कमल गाउँपालिका सहकारी संमन्वय समितिका सचिब भीष्म सिटौलाले सहकारीको हकहित र जिबिकोपार्जन गर्नका लागि संस्थाका शेयर सदस्यहरुलाई बिबिध किसिमका तालिम गोष्ठी र अबलोकन भ्रमण लगायतका कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो त्यसैगरी अधिवक्ता एवं संस्थाका सल्लाहकार समिति सदस्य राजन ढुङ्गानाले सहकारीको रकम अपचलन गर्न कसैले नपाउने भन्दै, ठुला साना कसैले पनि ऋण खाएर उम्कन नपाउने बताउनु भयो ।
संस्थाका सल्लाहकार सदस्य वुद्धिमान पौडेलले रु ३८०० बाट सुरु भएको संस्थाको वासलत करिब ६ करोड पुगेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि एवंम् कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले शेयर सदस्यहरुको कुनै पनि समस्या तथा आवश्यक परामर्शका लागि आफू तयार भएको बताउनु भयो । साथै ऋण तिर्न सके मात्र संस्थाबाट ऋण खान समेत आग्रह गर्नु भयो ।
साधारण सभाको खुल्ला सत्रमा प्रस्तुत भएका अध्यक्षको वार्षिक प्रतिवेदन र लेखा समितिको तर्फबाट कार्यवाहक संयोजकले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा व्यापक छलफल पछि सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
संस्थाका उपाध्यक्ष जर्मन खड्कले स्वागत् मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव धन बहादुर बस्नेतले गर्नुभएको थियो ।