काठमाडौ : चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको फेसनको पातलो चोली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Zeni Entertainment युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन । केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो ।
उक्त भिडियोको निर्देशन रबिन श्रीले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।
‘फेसनको पातलो चोली‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।