दमक । झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले रजत जयन्ती अवसरमा आज (शुक्रबार) एक दिवसीय नि:शुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित उज्यालो एजुकेशन फाउण्डेशनमा उक्त शिविर सञ्चालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष लच्छुदास राईले गर्नुभएको थियो ।
उक्त शिविरमा नेपाल रेडक्रस सोसाइटी कमल शाखाको समन्वय र थुलुङ्ग डेन्टलको प्राविधिक सहयोग रहेको थियो । एक दिने निःशुल्क दन्त शिविरमा करिब १०० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कमल शाखाको अध्यक्ष चन्द्र शाह, थुलुङ्ग डेन्टल दमकका सञ्चालक सोफिया थुलुङ्ग, सहकारी संस्थाका कोषाध्यक्ष टंक प्रसाद दुलाल, उज्यालो एजुकेशन फाउण्डेसनका फाउन्डर केशव तिम्सीना लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी कमल शाखाका सचिव पारस राईले गर्नुभएको थियो ।