मोवाइल तथा मल्टिमिडियामा आधारित दुई दिने पत्रकारिता तालिम

दमक, १९ चैत : नेपाल पत्रकार महासंघ झापा शाखाले मल्टिमिडियामा आधारित पत्रकारिता एआई (आर्टीफिसियल इन्टिलिजेन्स) सम्बन्धि दुई दिने तालिम आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा कमल गाउँपालिकास्थित पाडाजुँङ्गीमा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिमको आज (सोमबार) देखि सुरु भएको हो ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्राविधिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरणमा तालिम सुरु भएको हो ।

पछिल्लो समय पत्रकारितामा आएका प्रविधि र एप्लिकेशनले पत्रकारिता र पत्रकारको तथ्याङक चोरी हुने जोखिमसँगै कार्यशैली समेत परिवर्तन हुँदा चुनौती थपिँदै गएको प्रमुख प्रशिक्षक भण्डारीले बताए ।

कार्याक्रममा गौरादह नगर प्रमुख छत्रपति सुवेदीले पत्रकार र पत्रकारिताको विकासमा स्थानीय सरकार सँधै तत्पर रहेको बताउनु भयो । उनले पत्रकारले सरकारलाई सत्य तथ्यमा रहेर खबरदारी नगरे जनप्रतिनिधिलाई समेत सुधार गर्ने कार्यमा असहयोग हुने बताए । उनले स्थानीय सरकारका राम्रा कामले पनि तथ्यसहित मिडियामा उचित स्थान पाउनु गर्नेमा जोड दिए ।

यस्तै कार्याक्रममा नगर उपप्रमुख जलबर्षा राजवंशीले स्थानीय जनप्रतिनिधिको चुनौती र समस्याप्रति पनि पत्रकारले मार्ग प्रसस्त हुने गरी आवाज उठाउनु पर्ने बताइन् । समाज विकासका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई सचेत गर्ने तथा राम्रा अभ्यासबारे समेत आवाज उठाउनु पर्ने उनले बताइन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटनमा कार्याक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस चौतारी नेपालका लेखा आयोग सदस्य विष्णुप्रसाद पोखरेल, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमन देवान, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष गिरीले अवको पत्रकारिता प्रविधिमैत्री हुन नसके पत्रकारलाई चुनौती थपिँदै जाने बताए । उनले सरकार र दाताको सहयोगमा विर्तामोडमा रहेको महासंघको कार्यालयलाई स्तरोन्नती गरी ई-लाइव्रेरी र कम्पुटर ल्याव स्थापना गरिएकाले अव पत्रकारको दक्षता अभिबृद्धिमा सहज हुने बताए ।

शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेकबो कार्याक्रममा मोवाइल र डिजिटल पत्रकारिताबारे प्रशिक्षण सञ्चालन भइरहेको छ । जिल्लाका ५० बढी पत्रकारको सहभागिता रहेको तालिम २० गते अभ्यास गर्दै समापन हुने शाखाका सचिव तथा कार्यक्रम संचालक डिकेश लामाले जानकारी दिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार