जीवन चक्र समाज नेपालले गर्यो दमकमा कार्यलय स्थापना

दमक, १४ फागुन : जीवन चक्र समाज नेपालले दमकमा शनिबारदेखि केन्द्रीय कार्यालय स्थापना गरेको छ । दमक-६ निवासी डा लेखनाथ न्यौपानेको घरको एक कोठामा संस्थागत कार्यसञ्चालनका लागि केन्द्रीय कार्यालय स्थापना गरिएको हो ।

खासगरी, दमक र आसपासका क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रणका संचेतना मुलक कार्यक्रमहरुसंगै रक्तदानका लागि अभिमुखिकरण कार्यक्रमहरु गर्दै आइरहेको जीवन चक्र समाज नेपालका केन्द्रीय अध्यक्ष गणेश प्रसाद गौतमले बताए ।

शनिबार, स्थापना गरिएको सो कार्यालयको दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, दमक-६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा डिपीएल पब्लिक लाइव्रेरीका केन्द्रीय अध्यक्ष वालचन्द्र कार्की, हिमालयन टाइगर क्लव दमक अध्यक्ष मेघनाथ फुयाल, पहिलो पाइला दमकका अध्यक्ष दिवस खतिवडा र संस्थाका सदस्य बासुदेव काफ्ले लगायतले जीवन चक्र समाजले पुरयाउँदै आएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रम संस्थाका सचिव गणेश प्रधानले सञ्चालन गरेका थिए भने कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार