टोकियो, ११ माघ : जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर’ मा सफल अबतरण गरेको जनाएको छ ।
आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।
यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ ।
‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घण्टा ३७ मिनेट भित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) प्रोबको अवतरणको बारेमा सबै डाटा प्राप्तसमेत गरेको बताएको छ।
‘हामीलाई डाटाको थप विस्तृत विश्लेषण चाहिन्छ तर पिनपोइन्ट भन्दा सम्भवतः ३ मिटरदेखि ४ मिटर (१० देखि १३ फिट)मा अवतरण थियो,’ ल्यान्डरका परियोजना प्रबन्धक शिनिचिरो सकाइले एक पत्रकार सम्मेलनमा भने।