शिबगन्जमा वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

शिबसताक्षी, १० माघ : नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीको आयोजनामा आज  (बुधबार) वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

शिबगन्ज बजारस्थित उद्योग वाणिज्य संघ शिवसताक्षीको सभाहलमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा २ महिलासहित ४० जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा तथा रक्तसञ्चार केन्द्र दमकका प्राविधिकहरु सिद्धार्थ दाहाल, विनोद अधिकारी, ओमा श्रेष्ठ, मनिसा नेपाली, पुष्पा खड्का र गणेश बस्नेतले रक्त संकलन गरेका थिए ।

सोही दिन लाइफ लाइन अस्पताल दमकको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरमा दुईसय भन्दा बढी बिरामीहरुले चेकजाँच गराएका थिए ।

शिविरमा स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ राजेन्द्र प्रसाद शाह, सि.पी. न्यौपाने, मृगौला रोग विशेषज्ञ केशव भट्टराई, केशव खनाल र निर्मल श्रेष्ठ, जनरल फिजिसियन लगायतको टोलीले चेकजाँच गरेका थिए । शिविरमा निःशुल्क रक्तपरीक्षण सहित निःशुल्क औषधी वितरण गरिएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार