दमक, ९ माघ : झापाको दमकमा क्याम्ब्रिज ईंन्स्टिच्युट एण्ड टेक्नोलोजीले सोमबार दमक र उर्लाबारीमा एक दिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
दमकस्थित बेलडाँगी रोडमा अवस्थित कार्यलयमा आयोजित शैक्षिक परामर्श कार्यक्रममा काठमाण्डौबाट आउनुभएकी परामर्शबिज्ञ तारा गुरुङले सहजिकरण गर्नुभएको थियो । परापर्शबिज्ञ गुरुङले उच्च शिक्षा अध्ययनका लागि विदेशतर्फ जाने योजनामा रहेका विद्यार्थी र अभिभावकहरुलाई सहजिकरण गर्नुभएको थियो ।
परामर्शबिज्ञ गुरुङ क्यानाडाका विभिन्न यूनिभरसिटी तथा कलेजमा अध्ययनका लागि सहजीकरण गर्दै आउनुभएको हो । वहाँले उच्च शिक्षा अध्ययनका लागि क्यानडाकाका कलेजहरुका विषयमा चासो र जिज्ञासाहरुलाई सहजीकरण गर्नुभएको थियो ।
क्याम्ब्रिज ईन्स्टिच्युट एण्ड टेक्नोलोजी दमक शाखाका प्रमुख निश्चल सिम्खडाका अनुसार विगत एकदशकदेखि उच्च शिक्षाका लागि क्यानाडा, यूके, अष्ट्रिलया, न्यूजील्याण्ड, अमेरिका, दक्षिण कोरिया लगायतका देशका उत्कृष्ठ कलेजहरुमा परामर्श सेवा दिदैआएको छ ।
क्याम्ब्रिज दमक शाखा प्रमुख सिम्खडाले क्याम्ब्रिजले दमक र उर्लावारी शाखा कार्यालयमा एकैदिन शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी तथा उनका अभिभावकहरुको उपस्थिति रहेको थियो ।