डिपिएलको अध्यक्षमा कार्की निर्वाचित

दमक, २९ पौष । झापाको दमकमा मुख्य कार्यालय रहेको डाईनामिक पब्लिक लाईब्ररी (डिपिएल) को चौथो राष्ट्रिय महाधिवेशन हिजो शनिबार सम्पन्न भएको छ ।

कमल गाउँपालिका वडा नं. ५, पाडाजुङ्गीमा अवस्थित रोडस्टार पार्टी प्यालेसमा भएको चौथो राष्ट्रिय महाधिवेशनले डिपिएल नेपालको अध्यक्षमा बालचन्द्र कार्कीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै केन्द्रीय समितिको निर्वतमान अध्यक्षमा हेमन्त नेपाल, बरिष्ठ उपाध्यक्षमा अनु भण्डारीलाई चयन गरेको डाईनामिक पब्लिक लाईब्ररी (डिपीएल) कमल शाखाका महासचिव दिपक खड्काले जानकारी दिनु भयो ।

त्यसैगरी उपाध्यक्षहरुमा दिवस खतिवडा, श्रेयसी थापा, महासचिवमा महेश भण्डारी र कोषध्यक्षमा कमल गैरे निर्वाचित भएका छन् ।

यसैगरी निर्देशकहरुमा जीवन सापकोटा, गणुराज गिरी, प्रवेश दुलाल, विश्वास गौतम, सरु गिरी र आयुस बाटाजु निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि कोशी प्रदेश सभाको सभामुख अमर विष्ट र समापन सत्रको प्रमुख अतिथि प्रतिनिधि सभा उपसभामुख इन्दिराराना मगर रहेकी डिपिएल कमल शाखाका महासचिव दिपक खड्काले जानकारी दिनु भयो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार