इन्द्रेणीताल लाई बेन्च सहयोग

दमक – झापाको दमक-१० मा रहेको पर्यटकीय सिमसार क्षेत्र इन्द्रेणी तालमा दाताले बस्ने बेन्च सहयोग गरेका छ्न ।

दमक-९ निवासी दुर्गा काफ्लेले आफ्ना स्वर्गीय श्रीमान मुकुन्द प्रसाद उपाध्याय काफ्लेको स्मृतीमा आज तीन थान फलामका बेन्च हस्तान्तरण गरेकी छ्न ।

सो सामाग्री ताल ब्याबस्थापन समितिका अध्यक्ष घनश्याम खनाललाई काफ्लेले हस्तान्तरण गरेकी हुन । दुर्गाले आफ्ना पति मुकुन्दको स्मृतीमा ताल परिसरमा २ थान र नजिकैको राधा कृष्ण मन्दिरलाई पनि एक थान फलामे बेन्च उपलब्ध गराएकी छ्न ।

पुर्व शिक्षिका समेत रहेकी काफ्लेले आफ्ना स्वर्गीय पितृहरुको स्मृतीमा आगामी दिनमा पनि यस ताल क्षेत्रको बिकाशका लागि आफुले सक्दो सहयोग गर्ने जनाएकी छ्न ।

यसै गरि सोही अवसरमा आफ्ना स्वर्गीय ज्वाई जनार्दन पौडेलको स्मृतीमा माधव भट्टराई र मेनुका भट्टराईले पनि राधाकृष्ण मन्दिरलाई एक थान फलामे बेन्च प्रदान गरिएका छन ।

यश अघि पनि दमक-१० निवासी स्वर्गीय ज्ञान बहादुर राईको स्मृतीमा उनका परिवारले सर्वसाधारण लाई बस्नका लागि सहज होस भन्ने उदेश्यले २ थान फलामे बेन्च ताल समितिलाई प्रदान गरेका थिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार