न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालको ३१औं बार्षिक साधारणसभा दोमुखामा

शिबसताक्षी, २४ पौष – न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालको ३१औं बार्षिक साधारणसभा झापाको शिबसताक्षी–११ को पर्यटकीयस्थल दोमुखामा सुरु भएको छ ।

दोमुखास्थित बिश्व ब्यापी प्रार्थना घरमा आयोजित बार्षिक साधारणसभामा न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालले मानवीय सेवामा सक्रिय बिराटनगरस्थित रक्तदानकर्मी सुरेन्द्र मल्ल र पत्रकार अनिलदेब राईलाई नगदसहित प्रशंसापत्रले सम्मान गरेको छ ।

न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालका अध्यक्ष पाष्टर डिबी चाम्लिङको अध्यक्षतामा आायोजित ३१औं बार्षिक साधारणसभामा रक्तदानकर्मी मल्ल र पत्रकार राईलाई सम्मान गरिएको हो । कार्यक्रममा सो प्रशंसापत्र अध्यक्ष पाष्टर चाम्लिङ, सचिव पाष्टर डिके वेघा लिम्बु, संरक्षक पाष्टर घनेन्द्र गुरुङ र निर्देशक पाष्टर यामराज लिम्बूले संयुक्त रुपमा हस्तान्त्रण गरेका थिए ।

सो बार्षिक साधारणसभामा मूख्य प्रवचनको रुपमा भारत दार्जिलिङका रेभ पाष्टर माइकल गुरुङले बाइबल धर्म र दर्शनका बारेमा बोल्नुभएको थियो । त्यस्तैं, सम्मानित रक्तदानकर्मी मल्लले समेत प्रदेशको राजधानी बिराटनगरमा रगतको अभाव हुन नदिन तत्काल रगत उपलब्ध गराउदै आइरहेको बताउनुभयो । वहाँले विराटनगरका अस्पतालहरुमा द्रैनिक ठूलो संख्यामा रगतको माग भएको र त्यसलाई व्यवस्थापन गर्न हरप्रयासमा जुटिरहेको जानकारी गराउनुभययो । कोही कसैलाई पनि रगत आवश्यकता नपरोसु, मल्लले भन्नुभयो–तर रगतनै आवश्यक परेपछि हामी अभाव हुन दिदैनौं ।

सो कार्यक्रममा झापा, इलाम, पाँचथर, तेह्रथुम, काठमाण्डौं, ललितपुर, बुटुवल, कास्की लगायतका जिल्लाहरुबाट १५० जना बढीको सहभागिता छ । सोमबार, मंगलबार र बुधबारसम्म सञ्चालन हुने बार्षिक साधारणसभामा २२ वटा चर्चहरुबाट प्रतिनिधि र पर्यवेक्षकहरु सभागि छन् ।

त्यस्तैं, कार्यक्रममा सहभागिहरुको ब्लड प्रेसर, ज्वरो लगायत परिक्षण गरिनुका साथै जन चेतना मुलक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा दमकस्थित एक अस्पतालका प्राविधिकहरुको टोलीले स्वास्थ्य परिक्षण गराएका थिए ।

समारोहका अध्यक्ष पाष्टर चाम्लिङले स्वागत प्रार्थना गर्नुभएको र दार्जिलिङबाट आउनुभएका रेभ माइकल गुरुङले प्रवचन दिनुभएको थियो । त्यस्तैं, सो कार्यक्रममा पाष्टर डिबी बोहोरा, पाष्टर यामराज लिम्बू, पाष्टर सन्तोष थुलुङ, पाष्टर धनेन्द्र गुरुङ, टंक कठायत, पाष्टर उज्वल गुरुङ, पाष्टर टेकबहादुर लिम्बू, पाष्टर प्रताप बिश्वकर्म, पाष्टर जेबी कुरुङबाङ लगायत इसाई धर्मावलम्बीहरुको उपस्थिति रहेको न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालका सचिव पाष्टर डिके बेधा लिम्बूले जानकारी दिनुभयो ।

बार्षिक साधारणसभा मनोरञ्जनात्मक गीत, नृत्य र भजनहरु प्रस्तुत हुने भएको छ । त्यस्तैं, प्रतियोगितात्मक विभिन्न कार्यक्रमहरु समेत हुने भउको छ । साधारणसभा भोली (बुधबार) सम्पन्न हुने भएको छ । सोमबार सुरु भएको बार्षिक साधारणसभामा सहभागिहरुलाई खाना तथा बस्नका लागि दोमुखामा व्यवस्थापन गरिएको छ । सहभागि अतिथि पाहुनाहरुलाई बिहिबार बिदाई गरिने सचिव पाष्टर बेघाले बताउनुभयो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार