चितवन, २३ पुस : भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उहाँको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उहाँको परिवारले यही पुस १७ गते पुनःस्थापना केन्द्रमा ल्याएका थिए ।