काभ्रे लेडी जेसीज वर्ष २०२४ को अध्यक्षमा बज्राचार्य निर्वाचित

काभ्रेपलाञ्चोक । काभ्रे लेडी जेसीज बर्ष २०२४ को अध्यक्षमा जेसी सविता बज्राचार्य (शाक्य) निर्वाचित भएकी छिन् । काभ्रे लेडी जेसीजको ३० औँ साधारणसभा तथा २९ औँ शाखा अधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा बज्राचार्य (शाक्य) निर्वाचित हुनुभएको हो ।

त्यसैगरी समितिको कार्यकारिणी उपाध्यक्षमा जेसी समिता श्रेष्ठ र जेसी सरस्वती मानन्धर निर्वाचित भएका छन् ।

त्यस्तै, बर्ष २०२४ का लागि उपाध्यक्षमा जेसी मनिषा श्रेष्ठ, जेसी सम्झना खतिवडा, जेसी पुजा केसी र जेसी रीतिका शाक्य निर्वाचित भएका छन् ।

त्यस्तैगरी महासचिवमा जेसी रबिना सेवाचार्य, कोषाध्यक्षमा जेसी मनिका शाक्य, तालिम संयोजकमा जेसी स्वस्तिका श्रेष्ठ र कानुनी सल्लाहकारमा जेसी सुनिता बादे निर्वाचित भएका छन् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार