हेटौँडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को अध्यक्षमा जेसी बिजय पुडासैनी निर्वाचित हुनुभएको छ । मकवानपुरगढी जेसीजको शुक्रबार सम्पन्न प्रथम साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा पुडासैनी निर्वाचित हुनुभएको हो ।
जेसीजको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा जेसी सुनिल प्रसाद सुबेदी र जेसी सुनिल पाख्रिन निर्वाचित हुनुभएको छ ।
त्यस्तै, बर्ष २०२४ का लागि उपाध्यक्षहरुमा जेसी भरतमोहन देबकोटा, जेसी प्रबेश सापकोटा, जेसी मनोज देबकोटा र जेसी रोहित पुडासैनी निर्वाचित हुनुभएको छ ।















