चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्धारा सोलार वितरण

भरतपुर, १० पुस । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ।

विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

सोमबार वडानम्वर ७ स्थित ट्याङकीडाँडाका १५ घरधुरी चेपाङ समुदायलाई गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोलार हस्तान्तरण गरेका हुन्। उनले तत्काल विद्युत लैजान नसकिने र विद्युतिकरण गर्दा बनजंगल क्षेत्र पर्ने ठाउँका नागरिकलाई सोलार प्रदान गरिएको बताए।

गाउँपालिकाले सोलार वितरण गर्ने ४५ घरधुरीमा ४० परिवार चेपाङ छन्। पाँच घर गुरुङ र मगर समुदायका छन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार