आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरु अपनाउनु महाशाखाले अनुरोध गरेकाे छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार