दमक, ६ पुस । सामाजिक कार्यमा सक्रिय क्लब हिमालयन टाइगर दमक शाखाले लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा इलामको माङ्सेबुङका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
माङ्सेबुङस्थित जनज्योति आधारभूत बिद्यालय, सरस्वती आधारभूत बिद्यालय, दुर्गम आधारभूत बिद्यालय, बिद्या सृजनात्मक मा.वि, जनता आधारभूत बिद्यालयमा दुई सय बढी विद्यार्थीहरुलाई स्वीटर प्रदान गरिएको हो ।
त्यहाँ अध्यनरत २६७ जना बालबालिकालाई ती न्यानो कपडा गरिएको क्लव हिमालयन टाइगर दमकका अध्यक्ष मेघनाथ फूयालले बताए । उनीहरुलाई माङ्सेबुङ गाउपालिकाका अध्यक्ष हेमन्त राईले उक्त कपडा हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा दमक शाखाका सल्लाहकार छबि घिमिरे, क्लबका केन्द्रिय महासचिव तथा दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।