छोराले धकेल्दा पाँचथरमा ८३ वर्षीय बाबुको मृत्यु

पाँचथर, ५ पुस । आफ्नै छोराले धकेल्दा पाँचथरको कुम्मायक गाउँपालिका-१ मा ८३ वर्षीय वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा गैरीगाउँका चन्द्रमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

४८ वर्षीय छोरा घनेन्द्र तामाङले चन्द्रमानलाई पैसा मागेको र नदिएपछि धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक दिवस कुँवरले बताए। चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरु घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो। चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

चन्द्रमानको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार