हुण्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

काठमाडौं, ३ पुस । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो।

साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले बताए। को १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो।

उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ

साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको थियो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार