यौन तथा प्रजनन् स्वास्थ्यमा पैरवी गर्दे सिडिएस पार्क

खड्क सुनार/मुगु, १ पुस । मुगुमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बाट दुर रहेका सम्बन्धमा जोड्न कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले पैरवी गर्दे आइरहेको छ । सबै युवा महिलाहरूको लागि उच्च गुणस्तरको गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवाहरू सहित यौन र प्रजनन् स्वास्थ्य सेवाहरू र अधिकारहमा नागरिकहरु लाई पहुँचका लागि कार्यालयले पैरवी गर्दे आइरहेको हो ।

आइतबार गरिएको जिल्लाका स्थानीय सरोकारवालाहरु सँगको लबि मिटिङमा यस्तो बताइएको छ । यौन तथा प्रजनन् अधिकार सम्बन्धमा विशेष गरेर लक्षित वर्गहरूलाई समावेश र प्राथमिकतामा राखेर काम गर्नु पर्ने सुझाव दिए । लक्षित वगहरुमा अपांगता , बालवालिका लगायत लाई पहिलो बिन्दुमा राखरे काम गरिनु पर्ने सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु बाट निर्माण हुने भवनहरुमा पनि अपांगमैत्री, बालमैत्री हुनुपर्ने सुझाव दिएका छन् ।

अध्ययन प्रतिवेदनले नौ बुँदामा नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँचमा रहेका बाधाहरूको सम्बन्धमा के गर्नुपर्ने भन्ने कुराहरूको सिफारिस गरेका छन् । पहुँचको सुनिश्चितता विशेषत पहुँच विहिन भएका समुदाय लक्षित होस भन्ने उद्देश्य हुनु पर्ने महिला अधिकारर्मी सुर्यदेवि मल्लले बताइन् ।

यस्तै सरकार र दाता दुवैलाई पर्याप्त स्रोतहरू विनियोजन गर्न, पहुँचयोग्य, उच्च–गुणस्तर, कलंक–मुक्त गर्भ निरोधक र सुरक्षित गर्भपतन सेवाहरू प्रदान गर्न सुझाएका छन् । यसले मानिसलाई सम्मानका साथ बाँच्नका लागि सक्षम बनाउन सहयोग गर्ने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

जनसंख्याका आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवाहरूमा विश्वसनीय, अलग–अलग तथ्याङ्क संकलन गर्न, अनुकूल योजना र कार्यक्रमहरूलाई आकार दिने कुरामा वकालत गरिनु पर्ने राय दिएका छन् । सम्बन्धित सरोकारवालाहरू लाई नीति निर्माण, डिजाइन, योजना र कार्यान्वयनमा उनीहरूको अर्थपूर्ण संलग्नता बढाउँदै युवा र किशोर किशोरी नेटवर्कहरूलाई पर्याप्त सहयोग प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।

यौन र प्रजनन स्वास्थ्य र अधिकारका सेवाहरूको पहुँच भएको अवरोधहरू न्यूनीकरण गर्न विभिन्न उमेर, लिङ्ग, जातीय, जात, धर्म, अपाङ्गता भएका व्यक्तिहरू पहिलो प्राथमिकतामा राखेर काम गर्दे आएको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका हरिलाल नेपालीले बताए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार