दमक, १ पुस – दमकमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार यज्ञराज आङदम्बे (विष्णु सुब्बा) निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) दमकद्धारा सम्मानित भएका छन् ।
प्याव्सन दमक नगर समितिले शनिबार आयोजना गरेको नगरस्तरिय सांस्कृतिक कार्यक्रमकाबीच अग्रज पत्रकार सुव्वालाई प्याव्सनको क्षेत्रमा कलम चलाएवापत नगद,सम्मानपत्रसहित सम्मान गरेको हो । पत्रकरा सुव्वा दुई दशक बढी समयदेखि दमकलाई कार्यथलो बनाई पत्रकारितामा क्रियाशील छन् ।
सुब्बा पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक हुन् ।
उनीसहित प्याव्सनले दमकको शैक्षिक क्षेत्रमा योगदान पुरयाँएवापत प्याव्सन जिल्ला सदस्य समेत रहेका प्याव्सन दमकका संस्थापक डिल्ली चापागाईलाई समेत सम्मान गरिएको प्याव्सन दमकका सचिव समेत रहनुभएका सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल नवीय योगीले जानकारी दिए ।
उनीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, दमक–९ का वडाअध्यक्ष तथा शिक्षा संयोजक कुवेर भट्टराई ,प्याव्सनका प्रदेश सचिव कोषराज प्याकुरेल, सल्लाहकार एलडी राई लगायतले प्रदान गरे ।















