आइतबार दाङ बन्दको घोषणा

दाङ, ३० मंसिर । टिप्परको ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङ बन्दको घोषणा गरेका छन्।

शुक्रबार राति घोराही उपमहानगरपालिका-१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै अस्पतालबाट शव नउठाउने र भोली दाङ बन्दको घोषणा गरेका हुन्।

संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलका अनुसार मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलन जारी रहने छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्वरको टिप्परले विपरित दिशाबाट जाँदै गरेको रा२प ५५८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार