चित्लाङमा सवारी दुर्घटना, एकको जनाको मृत्यु

मकवानपुर, २३ मंसिर । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।का निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयाे।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार