नेपाल एवेलेंस एकेडेमी को २० औँ वार्षिक महोत्सव सम्पन्न

सिराहा – सिराहा जिल्ला मधेश प्रदेश को मुख्य अनि अति व्यस्त र बिकासको क्षेत्रमा पछिल्लो समय धेरै नै फड्को मारेको जिल्ला, सोही जिल्लाको सदरमुकाम सिराहा नगरपालिका भित्रको वडा न ५ अर्थात् रमौल गाउँ, राज्य संघीय र प्रादेशिक संरचना हुनु पुर्ब यो गाउँमा २वटा वडा थिए र पछि यसलाई ३ वटा वाड मा बाडिए र अहिले यो गाउ वडा न ३, ४ र ५ गरि ३ वटा वाडमा बाडिएका छन्।

यस गाउका सर्वसाधारण हरु पनि आफ्नो जीविकोपार्जन गर्न का लागि कृषिमा निर्भर छन भने कोहि भारतमा रोजगारको सिलसिलामा सानो तिनो काम गरेर आफ्नो तथा परिवारको भरण पोषण गर्थे ।

यस क्षेत्रका मान्छेहरुले हरेक समयमा आफ्नो जीवनयापनका लागि केहि न केहि गर्दै आइरहेका छन्। यसै क्रममा जब नेपालबाट रोजगारको खोजिमा बैदेशिक रोजगारका लागि आम नेपाली जान थाले पछि यो गाउका मान्छेहरु पनि आफ्नो जीवन स्थर उकास्न र सन्तानको उज्ज्वल भविस्यको आशमा सोही बाटो पछ्याउन थाले ।

यस गाउका प्राय पुरुष खाडी मुलुकमा काम गर्न जान्थे, खाडी देशमा काम गर्दै जादा यहाँका मानिसहरु मा पनि आर्थिक तथा बैचारिक परिवर्तन आउन थाल्यो र शिक्षामा जोड दिन थाले। गाउमा पहिला देखि नेपाल सरकार (तत्कालमा श्री ५ को सरकार ) को सरकारी स्कूल कक्षा ७ सम्म मात्र थियो। ७ कक्षा सम्म पढी सके पछि सदरमुकाम सिराहा पढ्न जाने चलन थियो, छोरामान्छेहरु कोहि कोहि एसएलसी सम्म पढाई गर्नका लागि जाने गरेता पनि अधिकांश बैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत जान्थे। तर छोरी मान्छेको लागि यो सबै सहज थिएन गार्हो थियो।

छोरी मान्छेहरुका लागि संभत उच्च शिक्षा हासिल गर्न गार्हो नै थियो त्यहि कारणले गर्दा छोरी मान्छेले उच्च शिक्षामा पछि पर्दै गए तर यस गाउमा शिक्षा धेरै जोडले अगाडी बढी रहेको थियो, उच्च शिक्षा हाशिल गरेर धेरै जना डाक्टर, इञ्जिनिअर, वकिल तथा अरु बिभिन्न पेशामा मान्छे आबद्ध भए तर अहिले पनि छोरीहरु शिक्षामा पिछडिएका थिए।

यहि बिषयलाई लिएर गाउका २ युवा साल २०८० गहन सोच विचारका साथ एउटा निष्कर्षमा पुग्छन छोरी मान्छेहरुका लागि आधुनिक शिक्षा, अनि त्यहि साल सुरुवात भयो एउटा आधुनिक समाज निर्माणको जसको नाम हुन् गयो नेपाल एवेलेंस एकेडेमी । यो स्कूल ले सुरुका दिनमा कक्षा दश (१०) सम्मको पठनपाठनको मात्र स्वीकृति पाएको थियो तर अहिले बाह्र (१२) कक्षा सम्म आधुनिक शिक्षा समाजलाई दिई रहेको छ।

गत मंसिर १७ गते स्कूलले आफ्नो २० औँ स्थापन दिवस सम्पन्न गरेको छ । सोहि अवसरमा स्कूलका संचालक ज़फिर आलमका अनुसार आफुहरुले जुन नया तथा आधुनिक शिक्षा तथा समाज निर्माणको कल्पना गरेको थियो त्यो आज आएर पुरा भएको र बाकी अझै केही गर्न आफुहरु लागिरहेको बताउनु हुन्छ।

संचालक आलमलाई स्कूल तथा यस गाउका समाज प्रति गर्व लाग्छ। जुन आफुले कल्पना गरेको समाज निर्माणको लक्ष्य पुरा गर्नमा निरन्तर साथ दिने स्कूलका स्टाफ तथा गाउँ समाजलाई धन्यवाद दिनुहुन्छ।

सो क्षेत्रका छोरी चेली ले आधुनिक तथा उच्च शिक्षा हासिल गरेको देखेर रमौल का स्थानीय बासिन्दाहरु यस स्कूल देखि धेरै नै खुशी छन्।

स्कूलका अर्का संचालक मोहम्मद मोइजुद्दिनका अनुसार यस अभियानबाट अधिकांश रुपमा छोरीलाई धेरै फाईदा भईरहेको छ। अहिले सम्म यो स्कूलको बिद्यार्थीहरुले रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा उच्च शिक्षाका लागि छात्रवृत्ति समेत पाइसकेका छन भने कतिपयले अहिले पनि पआउने क्रममा छन्। यस स्कूलका बिद्यार्थीहरु उच्च शिक्षाका लागि अमेरिका युरोप सम्म पुगिसकेका छन त्यो पनि पूर्ण छात्रवृत्तिको माध्यमबाट ।

यस स्कूलमा हुने पठन पाठन नेपाल सरकारको बोर्ड अनुसार अंग्रेजी भाषामा नर्सरी देखि कक्षा १२ सम्मको अध्यापन गराईन्छ। यहाँ बिज्ञान, व्यवस्थापन तथा अरु पाठ्यक्रममा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठन पाठन गराईन्छ । आधुनिक शिक्षाको मागअनुसार प्रयोगशाला (lab) को समेत व्यबस्था गरिएको छ।

स्थानीय बासिन्दाका अनुसार यो विधालय आफ्नो नानिहरुको शिक्षाको लागि मात्र नभएर समाज निर्माणका लागि शिक्षाको माध्यमबाट क्रान्तिको बिगुल भएको बताउछ्न । जसले खास गरेर छोरी चेलीहरु उच्च शिक्षा बाट बन्चित भएका थिए । उनिहरुको लागी बरदान साबित भएको मुक्तकण्ड्ले प्रशंसा गर्छ्न, आज आफ्नो घर गाउँका छोरिचेलिहरु उच्च शिक्षा प्राप्त गरेर डाक्टर इञ्जिनियर समेत बन्न सफल भएकोमा स्थानीयहरु हर्षित छ्न ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार