आज पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं, १४ कात्तिक । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ । पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । 

नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो । 

पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।  
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार