चिलिमे इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने

काठमाडौं, २६ असोज । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ।

सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको  छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ।

पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि सेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ। 
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार