सुनसरीमा १०८ जना फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत सुनसरीले विभिन्न मुद्दामा दोषी ठहर गरेका एकसय ८ जना फरार प्रतिबादीलाई सुनसरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण र  फैसला कार्यन्वयन प्रभावकारी बनाउ फरार प्रतिवादी पक्राउ गर्न अभियान सञ्चालन गरेको सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । प्रहरिले मंसिर १ गतेदेखि फरार प्रतिपादी खोज्ने क्रममा सुनसरीबाट २६ दिनको अवधिमा एकसय ८ जना पक्राउ गरी अदालतमा हाजिर गराइ उनीहरूलाई झुम्का कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख तिमल्सिनाले बताए ।

 

प्रहरीले लेनदेन मुद्दामा दोषी ठहर भएकी कबिता राई,लागूऔषध मुद्दाका इटहरी-२ निवासी  आशिसराम चमार, अभद्र व्यवहारका  धिरज राई, ड्रागन राई र  कुटपिट मुद्दाका महेश ऋषिदेवलाई पक्राउ गरी कारागार चलान गरिएको डीएसपी तिमल्सिनाले बताए ।उनले १०८ जनामध्ये धेरैजसो सार्वजनिक अपराध, कुटपिट, अभद्र व्यवहार ,वन पैदावर, डाका र सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन्। पक्राउ परेका फरार अभियुक्तबाट जरिवाना बापतको ८ लाख ७८ हजार ७ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार